Lucky-Khabar_

बाजुराको जगन्नाथ गाउँपालिकामा जिप दुर्घटना हुदा टेलिकम प्रमुखसहित तीन जनाको मृत्यु

१३ जेठ,बाजुरा ।बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख लोक ब. खडकासहित अन्य दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

content ad p2


मृत्यु हुनेहरूमा धनगढी उपमहानगरपालिकाका ५५ वर्षीय लोकबहादुर खड्का (नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख), ४० वर्षीय जिप चालक करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामी रहेका छन्।


दुर्घटनामा परेर अन्य २ जना घाइते भएका छन्। उनीहरूको आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले जानकारी दिए अनुसार नेपाल टेलिकमको टावरमा सोलार प्यानल जडान गर्न पिलुचौरबाट गएको जिप दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ।

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर