१७जेष्ठ, बीरगंज | विश्वप्रसिध्द बीरगंजको”श्री गहवा माई रथ यात्रा २०८२” को धार्मिक समन्वय समिति आज विस्तार भएको छ | विश्वप्रसिद्ध ऐतिहासिक श्री गहवा माई मन्दिरको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार गर्दै धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी श्री गहवा माई रथ यात्रा २०८२ लाई भव्यताका साथ सम्पन्न गर्न धार्मिक समन्वय समिति विस्तार गरिएको छ।

सदर कार्यक्रम अनुसार, रथ यात्रा हरेक वर्ष झै तिथि अनुसार आषाढ शुक्ल द्वितियाको दिन हुने गर्दछ यो बर्ष आषाढ १३ गते भव्य रुपमा आयोजना गरिनेछ भने छप्पन भोग, महाप्रसाद-भण्डारा, र सांस्कृतिक झाँकी सहितको विशेष कार्यक्रम आषाढ १४ गते हुने तय गरिएको छ।

यस भव्य धार्मिक आयोजनालाई व्यवस्थित तथा समन्वयपूर्ण ढंगले सम्पन्न गर्न विभिन्न धार्मिक संघ-संस्थाका प्रतिनिधिहरुको सहभागितामा धार्मिक समन्वय समिति निम्नानुसार विस्तार गरिएको छ:-
समितिका सदस्यहरू:-
१. श्री अमर सरार्फ – नेपाल विश्व हिन्दु महासंघ ११ . श्री राजेन्द्र भट्टराई – नेपाल भारत मैत्री कार्यदल
२. श्री लालबाबु प्रसाद कुर्मी – हिन्दु परिषद नेपाल १२ . प्रतिनिधि – ब्राह्मण समाज नेपाल
३ . श्री ज्योति रूङ्गटा – विश्व हिन्दु परिषद १३ . श्री पारस द्विवेदी – सदस्य ५ . श्री प्रिया सिंह – हिन्दु महिला समाज १४ . श्री राजकुमार सरार्फ – मिडिया क्षेत्र
६ . श्री राधा शर्मा – सामुदायिक सेवा केन्द्र परिवार १५ . श्री दिपक चौरसिया – मिडिया क्षेत्र
७ . श्री बी. के. गोबर्धन चौधरी – ब्रह्माकुमारी राजयोग सेवा केन्द्र (ॐ शान्ति) १६ . श्री बिमला गुप्ता – मिडिया क्षेत्र
८ . डा. अनिल कुमार झा – पुरी पीठ परिषद नेपाल १७ . श्री राम सरार्फ – मिडिया सल्लाहकार
९ . पुरुषोत्तम देव उपाध्याय – कर्मकाण्डी ब्राह्मण समाज १८ . श्री ध्रुव साह – मिडिया सल्लाहकार
१० . श्री धर्मेन्द्र कुमार पटेल – राम राज्य परिषद १९ . श्री संतोषानंद महाराज – सल्लाहकार
२0 . श्री प्रकाश कुमार उपाध्याय – सल्लाहकार २१ . श्री ध्रुव देव सिंह ठकुरी – सल्लाहकारसमितिको संयोजकको रुपमा डा. पुरुषोत्तम दुबे (ज्योतिष सम्राट) सहयोगी सचिवको जिम्मेवारी पं. रत्नेश तिवारीले लाई दिइएको छ |
श्री गहवा माई रथ यात्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक सदभाबको प्रतीकको रुपमा हरेक वर्ष मनाउँदै आइएको छ। यस वर्षको यात्रा अझ भव्य, व्यवस्थित र जनसंख्यात्मक सहभागिता हुने जान विश्वास गरिएको छ।



