Lucky-Khabar_

|पर्साको बीरगंज सशस्त्र प्रहरी बलद्वारा १३,८०,९६०।- बराबरको सामान भन्सार दाखिला

राम आर्य
१६ जेठ,बीरगंज |पर्साको बीरगंज सशस्त्र प्रहरी बलद्वारा १३,८०,९६०।- बराबरको सामान भन्सार दाखिला गरेको छ |

सशस्त्र प्रहरी बल,नेपाल बि.ओ.पि.ड्राईपोर्टबाट खटिएको टोलिले बि.म.न.पा.-२५ स्थित चण्डालचोकबाट भारतबाट अवैध रुपमा भन्सार छलि प्रदेश २-०३ ००१ स ४२६४ नम्बरको ई-रिक्सामा लोड गरि ल्याउँदै गरेको मुल्य रु.२,७०,०००।-बराबरको मोटर पार्टस र मुल्य रु.२,००,०००।- बराबरको ई-रिक्सा नियन्त्रणमा लिई बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।

content ad p2


त्यस्तै आजकै मितिमा विशेष सूचनाको आधारमा जिल्ला पर्सा बीरगंज म.न.पा.-१६ नगुवा गाउँ बाट सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म बीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ४ वटा साईकलहरुमा लोड गरि वीरगंज तर्फ ल्याउँदै गरेको मूल्य रु.८,३६,९५०।- बराबरको मोबाईल पार्ट्स्, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुज साथै उक्त सामानहरु ढुवानी गर्न प्रयोग गरिएका ४ वटा साईकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ। यसैगरि भगुवा तथा नगवा ईलाकाबाट रु.७३,८००।- बराबरको कपडा र किराना सामान समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएँ ।

सम्बन्धित खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर