Lucky-Khabar_

विश्व वातावरण दिवसको अवसरमा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रद्वारा वीरगंजमा बृहत बृक्षा रोपण कार्यक्रम

२२जेठ,बिरगंज|विश्व वातावरण दिवसको अवसरमा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रद्वारा वीरगंज महानगरपालिकाका वडा नं १७ (ICP)dry port टर्निङमामा आज बृहत बृक्षा रोपण कार्यक्रम गरिएको छ|

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिकाको कार्यालय विरगन्ज,भारतका महावाणिज्य दूतावास वीरगंज,ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगंज पर्सा तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरत पुर चितवनको सँयुक्त आयोजनामा विश्व वातावरण दिवसको अवसरमा वीरगंज महानगरपालिकाका वडा नं १७ (ICP)dry port टर्निङमा बृहत बृक्षा रोपण कार्यक्रम गरिएको छ |
सो कार्यक्रम प्रमुख अतिथि भारतकामहावाणिज्य दूतावास वीरगंजका प्रमुख (D.S. MEENA ) ज्यू तथा यस सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान ज्यूको अध्यक्षतामा भएको छ|कार्यक्रममा नागरिक समाज, समाजसेवी, सुरक्षा निकायका पदाधिकारी, संचार कर्मी , सरकारी गैर सरकारी संघ संस्थाका पधाधिकारी , तथा यस सेवा केन्द्रका पदाधिकारी ज्युहरुको लगायत अन्दाजी ५०० जनाको उपस्थिती रहेका थिए |

उक्त वृक्षारोपण कार्यक्रम अन्तर्गत करिब ३५०(तीन सय पचास)थानका विभिन्न प्रकारका बिरुवाहरू रोपने कार्य गरी सुसम्पन्न गरिएको हो ।

content ad p2

त्यस्तै कार्यक्रममा नेपाल इन्टर मोडल या.वि.स.का वरिष्ठ अधिकृत कमल गेवाली,सशस्त्र प्रहरी बल नेपाल १३ न गण हे क्वा. वीरगंजका सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंह,वीरगंज म.न.१७ न. वडाका अध्यक्ष संजीव बहादुर क्षेत्री,सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र राज खडका, नगर प्रहरी प्रमुख नगर प्रहरी निरीक्षक हरि प्र.भुसाल, प्रहरी चौकी सिरियाका प्रहरी वरिष्ठ नायव निरीक्षक गगन शाही, ICP भंसार वीरगंजका सशस्त्र प्रहरी नायव निरीक्षक सहदेव सापकोटा,श्री जंग गण वीरगंजका जम. देबिन्द्र तामाङ,T.R.S. हिमालयका j.m. सुभाष सुवेदी, ICP भंसार वीरगंजका जितेन्द्र रसाईली , सागर सिंह पौडेल NITDB वीरगंज,राज मान तामाङ वीरगंज भन्सार एजेण्ट संघ वीरगंज,गणेश घिमिरे प्रबन्धक TRS, संजय शर्मा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष, सदस्य:-रतन टेमानीशुशिल कादमिया,राकेश अग्रवाल,त्रिलोकचन्द दारूका,संचार कर्मी सुष्मिता यादव नियमित खवर,प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, प्रहरी सहायक हवल्दारअजिता घिमीरे,प्रहरी जवानअमर सिंह साउदहरुको विषेस उपस्थिति रह्गेका थिए |

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर