Lucky-Khabar_

पुर्व मन्त्रि प्रेमबहादुर सिंहविरुद्ध साढे १८ करोड रुपैयाँ भ्रष्टाचार मुद्दा

२२ जेठ,काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्व सरकारका कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहविरुद्ध  साढे १८ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बिहीबार (आज) विशेष अदालतमा दायर गरेको मुद्दामा सिंहविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ।

content ad p2

सोही प्रकरणमा तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठको पनि नाम जोडिएको छ। उनको निधन भइसकेकाले प्रचलित कानुनबमोजिम उनको छोरा सन्तोष श्रेष्ठलाई बिगो असुल उपर गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। सन्तोष श्रेष्ठविरुद्ध पनि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

यो भ्रष्टाचार मुद्दामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाईअख्तियारले प्रतिवादी बनाएको छ। यो मुद्दा पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोकको नासिकास्थान साँगामा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा कम मूल्यमा खरिद गरेर बढी मूल्यमा बेचबिखन गरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको भन्दै दायर गरिएको हो।

माधव नेपाल प्रधानमन्त्री हुँदा कानुनमन्त्री रहेका समाजवादी जनता पार्टीका अध्यक्ष सिंह २०७८ चैत ८ गते नेकपा एमालेमा प्रवेश गरेका थिए। उनी अध्यक्ष रहेको समाजवादी जनता पार्टीका सबै जनसंगठन पनि एमालेमा समाहित भएका थिए। सिंह २०७३ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा खानेपानी मन्त्री पनि भएका थिए। त्यसबेला खारेज भइसकेको सिंहको पार्टीलाई मन्त्रालय दिइएको भन्दै विवाद भएको थियो।

सम्बन्धित खबर

तिलोत्तमा नगरपालिकाको महत्वपूर्ण निर्णय: भूमिहीन र अव्यवस्थित बसोबासीको बस्ती नहटाउने घोषणा

लक्की खबर

उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना: सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

लक्की खबर

कर्मचारीलाई राजनीति नगर्न सरकारको कडा निर्देशन: ‘उल्लंघन गरे तत्काल जागिर जाने’

लक्की खबर