Lucky-Khabar_

विपक्षीको अवरोधले गर्दा प्रतिनिधिसभा बैठक बिना कार्यसूचीमा प्रवेश गरि शुक्रबारसम्मका लागि स्थगित

२२ जेठ, काठमाडौं । विपक्षी अवरोधले गर्दा प्रतिनिधिसभा बैठक बिना कार्यसूचीमा प्रवेश गरि शुक्रबारसम्मका लागि स्थगित भएको छ। दिउँसो १ बजेका लागि निर्धारित बैठक अपराह्न साढे ५ बजे सुरु भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भयो।

content ad p2


सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुखले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिने बताए पनि उनीहरूको अवरोध जारी रह्यो।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएका छन्। यसको विपरीत, सत्तापक्षका दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले गृहमन्त्री लेखकले सदनमा बोल्न पाउनुपर्ने अडान राख्दै आएका छन्।

बैठक अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले बिहीबारका लागि तय गरिएका सम्पूर्ण कार्यसूची हटाएर बैठक स्थगित गरेका छन्। अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी संसद् स्थगित भएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर