Lucky-Khabar_

विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न ।

लालबाबु सिंह,राम आर्य
२२ जेष्ठ, वीरगन्ज । प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा मा. वि. को सहकार्यमा वातावरण दिवस २०८२ को अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तर्गत पाचौ एवं मुख्य दिन बिहिबार वीरगन्ज -२४ बहुअरी मा अवस्थित उक्त विद्यालयको प्राङ्गणमा बृहत
वृक्षारोपण कार्यक्रम आयोजन सुसम्पन्न गरेको छ ।
प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह एवं श्री शारदा विद्यालयका प्रधानाध्यापक अनिल बर्णवालको सन्युक्त अध्यक्षता एवं युवा नेता समाजसेवी प्रकाश कुमार उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अतिथिहरु विधालय ब्यवस्थापन समितिका सदस्य हदिस मिया , प्रतिष्ठानका सदस्य भोला प्रसाद , केदार गुप्ता , राजु गुप्ता लगायत विद्यालयका शिक्षकहरु र विद्यार्थीहरुको बाक्लो सहभागितामा रहेको थियो ।
सो कार्यक्रमको प्रमुख अतिथी उपाध्याय ,अध्यक्ष सिंह र प्रधानाध्यापक बर्णवालले सन्युक्त रुपमा रुखबिरुवा रोपेर शुभारम्भ गरेका हुन । सो अवसरमा निम,बेल,अमला,अर्जुन, गोल्डमोहर, आम ,लिची,जामुन,धुपी,बेगन बेलिया,रजनिगन्धा,बेलि,रन्जन, कठरिया लगायत ७५ थान रुखबिरुवा रोपिएको प्रतिष्ठानका सहसचिव अबिनाश झाले बताए ।

सो अवसरमा प्रमुख अतिथी उपाध्यायले बातावरणले हामीलाइ स्वस्थ रहन हावा पानी ,अन्न फलफुल , बनस्पति , जडिबुटी लगायतका जिवनदायिनी सामाग्रीहरु निःशुल्क उपलब्ध गराएर हामिमाथि भुल्नै नसकिने उपकार गरेकोमा यसको मान सम्मान सेवा, संरक्षण एवं सम्बर्द्धन गर्नु हाम्रो दायित्व रहेकोमा जोड दिदैं विद्यार्थी भाइबहिनिहरु देश अब तपाइहरुले नै चलाउने बनाउने हुदा जिवनदायिनी वातावरणलाइ सम्मान गर्न आग्रह गर्दै उज्ज्वल भविष्यको शुभकामना दिदैं प्रकृति सेवा प्रतिष्ठान र श्री शारदा विद्यालय परिवारलाइ आभार एवं सम्पुर्णलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष सिंहले “हरियो सफा र स्वस्थ वीरगन्ज,प्लास्टिक झोला, प्रदूषण मुक्त वीरगन्ज ,” धरती लाई बचाऔं वातावरण लाई जोगाऔं ” को मुलमन्त्रलाइ आत्मसात गरि प्रतिष्ठानले प्रत्येक वर्ष झै विश्व वातावरण दिवसको पुर्वसन्ध्यामा विगत १८ गते देखि २० गते सम्म ३ दिन सरसफाइ र चौथो दिन २१ गते बुधबार साइकल रैली आयोजना गरि जनचेतना फैलाउने कार्यक्रम गरिएको थियो भने आज मुख्य दिन विभिन्न प्रजातिका ७५ थान रुख बिरुवा रोपि वातावरण जोगाउने प्रण लिएका छौ । वातावरण दिवसको अवसरमा ५ दिने कार्यक्रम लगायत वर्ष भरिनै विभिन्न स्थानहरुमा वृक्षारोपण को साथै विभिन्न कार्यक्रम मार्फत सचेतना कार्यक्रमको आयोजना गरि जनजागृती फैलाएर वातावरणको सेवा सम्मान एवं संरक्षण गर्न आग्रह गरेको बताउँदै सहभागी सम्पुर्ण विद्यार्थीहरु, प्रधानाध्यापक , शिक्षकहरु एवं प्रतिष्ठानका पदाधिकारी सदस्यजन प्रति सिंहले आभार ब्यक्त गरेका थिए ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर