Lucky-Khabar_

ठगी मुद्दामा पक्राउ परेकी पप्पु कन्ट्रक्सनका पूर्व सञ्चालक श्रुती रौनियार अस्पताल भर्ना

२३ जेठ, वीरगञ्ज ।पप्पु कन्ट्रक्सन पूर्व सञ्चालक हरिनारायण रौनियकारकी बुहारी श्रुती रौनियार ठगी, अपराधिक विश्वासघात र बैकिङ्ग कसुरमा पक्राउ परेकी अस्पताल भर्ना भएकी छिन् । उनलाई पर्सा प्रहरीमा दर्ता रहेको मुद्दामा फरार रहेकी अपराध अनुसन्धान महाशाखाले काठमाडौंबाट पक्राउ गरेर बिहीबार वीरगन्ज पठाएको छ ।

content ad p2


पक्राउ गरी पर्सा पठाईएको रौनियारलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि तीन दिनको म्याद अनुमति पाएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए । दुई महिना अगाडि पर्सा प्रहरीमा उनीविरुद्ध तीनवटा कसुर अन्तर्गत जाहेरी परेको थियो।

त्यस्तै सोही जाहेरी बमोजिम प्रहरीले गएको २०८१ चैत २२ मा मुद्दा दर्ता गरेको थियो । अदालतबाट अनुमति पाएपछि हिरासतमा राख्न ल्याईएको रौनियारको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना भएको प्रहरी नायव उपरीक्षक लम्सालले बताए । रौनियारको स्वास्थ्य समस्या चाहिँ के भन्ने प्रहरीले खुलाएन ।

प्रहरी नायव उपरीक्षक लम्सालको भनाईअनुसार उनि ‘दीर्घ रोग हो भनिएको छ । प्रहरी कार्यालयमा आउने बेलामै बेहोस हुने अवस्थामा थिईन् । अस्पताल उपचारका लागि लगिएको छ ।’ पक्राउ परेकी रौनियारले ४ करोड ३२ लाख रुपैयाँ ठगी गरेको जाहेरीमा लेखिएको छ । धनुषा उपमहानगरपालिका वडा नम्बर–१ स्थितको रमण/विकास ब्रदर्स जेविको जाहेरीमा उनलाइ पक्राउ गरिएको हो ।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर