Lucky-Khabar_

सशस्त्र प्रहरी बल पर्साद्वारा ४ लाख बराबरको चक्लेट भन्सार दाखिला

(राम आर्य)
२३ जेठ,बीरगञ्ज| सशस्त्र प्रहरी बल पर्साद्वारा ४ लाख बराबरको चक्लेट भन्सार दाखिला गरेको छ | जिल्ला पर्सा, बी.म.न.पा., वडा नं. ८, गहवाटोल स्थित मुन्ना हवारीले संचालन गरेको गाई गोठमा बिभिन्न प्रकारको चक्लेट बेवारिसे अवस्थामा भण्डारण गरी राखेको छ भने सशस्त्र प्रहरी बलले छापा मारेको छ |

बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म बीरगञ्जबाट खटिएको टोली र बीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतबाट भन्सार छली अवैध रुपमा भित्र्याएर भण्डारण गरि राखेको अवस्थामा भन्सार मूल्य रु.४,००,८००।- बराबरको बिभिन्न प्रकारको चक्लेटहरु, खजुर र स्प्रे पेन्ट नियन्त्रणमा लिएको छ|

बरामद गरेको उक्त समान आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएको छ | ।

content ad p2

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर