Lucky-Khabar_

प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, मुनलाईट स्कुल प्रथम

अभिलाष गुप्ता,
जेठ २३, बिरगंज |प्याब्सनमा आबद्ध रहेका बिरगंजका २६ वटा विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजित प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

गौतम स्कुल, मुनलाईट स्कुल, जीवन ज्योति स्कुल, मनकामना स्कुल, बिरगंज पब्लिक स्कुल र गोल्डेन फ्यूचर स्कुल गरी ६ वटा विद्यालय फाइनल चरणसम्म प्रतिस्पर्धा गर्दै पुगेका थिए। ती विद्यालयहरूमध्ये मुनलाईट स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ। त्यस्तै जीवन ज्योति स्कुल दोस्रो स्थानमा, भने मनकामना स्कुल तेस्रो स्थानमा रहन सफल भए।

content ad p2

विजयी टोलिहरूलाई कार्यक्रमको अन्त्यमा शिल्ड र मेडल प्रदान गरियो।

कार्यक्रम प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्याब्सन मधेश प्रदेश अध्यक्ष गणेश साह प्रमुख अतिथिको रूपमा सहभागी थिए।

साथै कार्यक्रममा इनौभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ता, मुनलाईट स्कुलका निर्देशक तथा प्याब्सन कार्यसमिति सदस्य सुलभ केसी, प्याब्सन पर्साका सचिव अमित आलोक, डा. हरिशंकर, शर्मानन्द कुशवाहा लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक समेत रहेका प्याब्सन बीरगंज अध्यक्ष, प्याब्सन मधेश प्रदेश सदस्य तथा केन्द्रिय सदस्यको विशेष पहलमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन छेडुप लामाले गरेका थिए।

प्रतियोगिताले विद्यार्थीहरूमा बौद्धिक क्षमता अभिवृद्धि गर्नुका साथै आपसी प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुगेको आयोजक संस्थाको भनाइ छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर