Lucky-Khabar_

माहेश्वरी समाजका अध्यक्ष प्रकाश बाहेतीद्वारा वीरगञ्ज समाज सेवा लाई खाद्यान्न सहयोग

अभिलाष गुप्ता,राम आर्य
२४ जेठ,वीरगञ्ज|“सेवा नै धर्म हो” भन्ने मुल उद्देश्यका साथ सामाजिक कार्यमा समर्पित वीरगञ्ज समाज सेवाले नारायणी अस्पताल परिसरमा सञ्चालन गर्दै आएको नि:शुल्क भोजन शिविरको ५६ औं सप्ताह सफलतापूर्वक सम्पन्न गरेको छ। प्रत्येक हप्ताको शनिबार हुने यस सेवामा करिब ५०० जना सर्वसाधारणलाई नि:शुल्क भोजन गराउने व्यवस्था गरिँदै आएको छ।

५६ औं सप्ताहको विशेष अवसरमा बिरगञ्जस्थित माहेश्वरी समाजका नवनिर्वाचित अध्यक्ष प्रकाश बाहेतीले वीरगञ्ज समाज सेवा लाई खाद्यान्न सहयोग प्रदान गर्नुभएको छ। उहाँले समाजका अध्यक्ष अशोक गुप्तालाई १० बोरा कतर्नी चामल र २ बोरा दाल सहयोग स्वरूप हस्तान्तरण गर्नुभएको थियो। बाहेती आफैं खाना खुवाउने स्थलमा पुगेर उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको हो।

हालै सम्पन्न माहेश्वरी समाज बिरगञ्जको नयाँ कार्यसमिति चयनमा प्रकाश बाहेती अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँको चयनले बिरगञ्जसहित सम्पूर्ण समाजमा उत्साह र सकारात्मक ऊर्जा फैलिएको छ। नेपाल माहेश्वरी परिषद संगठनले बाहेतीलाई बधाई ज्ञापन गर्दै उहाँको नेतृत्वमा समाजले सर्वांगीण विकास गर्दै शहरको अग्रणी समाजको रूपमा नयाँ पहिचान बनाउने विश्वास व्यक्त गरेको छ।

सामाजिक उत्तरदायित्वको भावना लिएर अगाडि बढिरहेको वीरगञ्ज समाज सेवा र सहयोगी संस्थाहरूको यस्तो पहलले बिरगञ्जमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

content ad p2

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर