Lucky-Khabar_

संस्कार संस्था वीरगन्ज द्वारा निर्जला एकादशिको अवसरमा निम्बु पानी सर्बत वितरण ,३ हजार भन्दा बढी जनालाइ सेवा प्रदान ।

लालबाबु सिंह
२४ जेष्ठ, वीरगन्ज । संस्कार संस्था वीरगन्जले आज निर्जला एकादशीको अवसरमा निशुल्क निम्बुको सर्बत वितरण गरेको छ । जेष्ठको एकादशी वर्षकै ठूलो एकादशी भएको निर्जला एकादशीको दिन शनिबार वीरगन्जको राणिसती मन्दिर अगाडि निम्बुयुक्त पानीको सर्बत खुवाएर दिन दुखी असहायको साथै आउने जाने बटुवा पर्यटक, रिकसा चालक सवारी लगायत ३ हजार भन्दा बढि जनालाइ सेवा उपलब्ध गराइएको संस्थाका सदस्य सोनि अग्रवालले बताउनु भयो ।

सो अवसरमा मन्च का अध्यक्ष रेणु अग्रवालले बर्ष भरिको सबै भन्दा गर्मी हुने महिनाहरुमा जेष्ठ महिना हुनाले को निर्जला एकादशि तिथिको पावन अवसरमा वीरगन्जमा बढिरहेको गर्मी लाई ध्यानमा राखी दिनको ११ बजे देखि निम्बु पानी सर्बत बनाई आउने जाने बटुवा ,पर्यटक , रिक्सा चालक र सवारीहरु को साथै आमजनको सेवा गरिरहेको र १ बजे सम्म लगभग २ हजारलाइ सेवा प्रदान गरिसकेको र ३ बजे सम्म करिब ३ हजार भन्दा बढी जनालाइ सेवा प्रदान गरिएको बताउद्सी यसरी दिन दुखी असहाय देखि पर्यटकहरुको पनि सेवा सहयोग गर्न पाउदा हामिलाइ असाध्यै खुशी लागेको र यो नै हाम्रो संस्था को मुल उद्देश्य पनि रहेको बताउनु भयो ।
संस्कार संस्थाको मुल उद्देश्य विभिन्न पर्वहरुमा विभिन्न किसिमका पकवान फलफुल, सतुवा ,सर्बत लगायत खुवाएर समाजसेवाको साथै हाम्रो परंपरा – संस्कारको बारेमा जुन कि हाम्रो दैनिकि जीवनको अनिवार्य हिस्सा हो ,सो कार्यहरु नियमपुर्वक गर्न गराउन व्यापक चर्चा परिचर्चा , भजन ध्यान गरि समाजको संस्कारलाई बलियो बनाउनु हो । संस्थाले यसतो समाजिक सेवा बिगत धेरै बर्ष देखि गरि रहेको र आगामी दिनहरुमा पनि अझ बढी गर्ने बताउदै सहयोगी सम्पुर्णलाई बधाई एवं धन्यवाद प्रकट गर्नु भयो ।
सो अवसरमा संस्थाका सहयोगी सदस्यहरु जुलि तुल्सयान ,मिनाक्षि तुलस्यान,शशी अग्रवाल ,पुनम बन्का,शशी रुङटा ,देवकी चाचान,सुनिता साह , प्रीती खेतान लगायतले चिसो सर्बत खुवाएर सेवा गर्नु भएको छ ।

content ad p2

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर