Lucky-Khabar_

भारतमा काेभिड बिरामी बढेकाेले मृत्यु हुनेको संख्या ५८ नाघ्यो

२६ जेठ,नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेकोले मृत्यु हुनेको संख्या ५८ भन्दा नाघेको छ ।९ दिनमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने बितेका २ हप्तमा २३ गुणा बढीले संक्रमित थपिएका छन् ।

content ad p2

पछिल्लो २४ घण्टामा देशमा कोभिडका ३ सय ७८ नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको कुल संख्या ६ हजार नाघेको छ भने पछिल्लो २४ घण्टामा कोभिडका कारण ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्यांक अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य केरला हो । केरलापछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा थप कोभिडका नयाँ केसहरू रिपोर्ट गरिएको छ। तर, विज्ञहरूका अनुसार कोभिडको नयाँ संस्करण खतरनाक भने होइन ।

त्यस्तै बितेको ४८ घण्टाको कुरा गर्ने हो भने देशमा कोभिडका ७ सय ६९ बिरामी बढेकोले सबै केसहरू एकदम हल्का हुन्छन् र बिरामी घरको हेरचाहमा निको हुन सक्छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अरुणाचल प्रदेश र मिजोरममा मात्र कोविडको सक्रिय केस छैन।

गत २२ मे मा भारतमा जम्मा २५७ सक्रिय केसहरू मात्रै थिए तर लगातार केस बढ्दै गएपछि हालसम्म संख्या ६ हजार १३३ नाघेको छ। केन्द्र सरकारले राज्यहरूलाई अक्सिजन, आइसोलेसन बेड, भेन्टिलेटर र अत्यावश्यक औषधिको उपलब्धता सुनिश्चित गर्न भनेको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर