Lucky-Khabar_

डिभी परेर अमेरिका पुगेका व्यक्तिलाई १० बर्ष पछी नेपाल फिर्ता पठाइयो

२६ जेठ, काठमाडौं ।डाइभर्सिटी भिसा (डिभी) परेर अमेरिका पुगेका व्यक्तिलाई १० बर्ष पछी नेपाल फिर्ता पठाइयोको छ | डिभी परेर अमेरिका पुगेका एक व्यक्तिलाई पनि डिपोर्ट गरेर फिर्ता पठाइएको छ ।

content ad p2

अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएका ३७ जनामध्ये एक जना डिभीमा त्यहाँ गएका व्यक्ति पनि फिर्ता भएका हुन् । अध्यागमन विभाग स्रोतका अनुसार, १० वर्षअघि डिभी परेर गएका ती व्यक्ति अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए । एक जना आफन्तसँग बसिरहेका उनी त्यहाँ पारिवारिक विवादमा परेका थिए । त्यसक्रममा उनलाई प्रहरीले पक्राउ गरेर लगेको थियो ।

केही समयको अनुसन्धान अनि कानुनी प्रक्रियापछि उनलाई अमेरिकी प्रशासनले डिपोर्ट गर्ने निर्णय गरेको थियो । त्यसपछि काठमाडौं स्थायी घर भएका उनलाई चार्टर्ड विमानमा काठमाडौं पठाइएको थियो ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर