Lucky-Khabar_

काठमाडौंको टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीको कारवाहीमा ४ भारतीय नियन्त्रणमा र २ प्रहरी घाइते

२७ जेठ, काठमाडौं ।काठमाडौंको टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीको कारवाहीमा ४ भारतीय नियन्त्रणमा र २ प्रहरी घाइते भएका छन्| टोखास्थित ग्राण्डी अस्पताल नजिकै लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले कारवाहीमा गोली चलाउदा ४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको पूरा परिचय भने सार्वजनिक गरेको छैन।

content ad p2

ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले ४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै उनीहरू भारतीय नागरिक भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। “ नियन्त्रणमा लिएको ४ जना ब्यक्ति कार्यालयमा ल्याइनसकेकाले थप विवरण आउन बाकि छ,” एसएसपी कोइरालाले भने।

जानकारी भए अनुसार, लागुऔषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली टोखा पुगेको थियो। सो क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली प्रहारपछि दुई जना र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा लागुऔषध कारोबारीको आक्रमणबाट दुई प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर