Lucky-Khabar_

पर्सामा विपद् व्यवस्थापन अभ्यास कार्यक्रम (Simulation Exercise)सम्पन्न

२७ जेठ,वीरगञ्ज ।पर्सा बिरगंजमा विपद् व्यवस्थापन अभ्यास कार्यक्रम (Simulation Exercise)सम्पन्न भएको छ | जिल्ला विपद् व्यवस्थापन समिति पर्साको आयोजना तथा जिल्लास्थित सुरक्षा निकाय एवं सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी जल उद्धार संयुक्त अभ्यास (अभ्यास मनसुन–५) प्रदर्शनी सम्पन्न भएको छ।

content ad p2

पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा यो अभ्यास सम्पन्न भएको हो।जेठ २४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको चार दिने कार्यक्रम अन्तर्गत आज (जेठ २७ गते) वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित घडिअर्वा पोखरीमा जल उद्धार सम्बन्धी “अभ्यास मनसुन–५“ को संयुक्त प्रदर्शनी गरिएको थियो।

सो प्रदर्शनीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, रेडक्रस, स्काउट लगायत अन्य सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र सर्वसाधारण गरी करिब ६०० जनाको उपस्थिति रहेको थियो।

त्यस्तै यो अभ्यासले मनसुनजन्य विपद्को समयमा जल उद्धार कार्यलाई अझ प्रभावकारी बनाउनुका साथै विभिन्न निकायहरूबीचको समन्वय र सहकार्यलाई सुदृढ पार्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर