Lucky-Khabar_

उच्च अदालतको दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

१९ साउन,काठमाडौं| मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत, पाटनले आदेश दिएको थियो । तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाएको घटनामा थुनामा रहेका प्रसाईंलाई उच्च अदालतले तीन लाख धरौटीमा छाड्न भनेको हो। न्यायाधीश टंक गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालतको आदेश उल्टाएको हो।

प्रसाई जिल्ला अदालत, काठमाडौंको आदेशअनुसार डिल्लीबजार कारागारमा छन्। प्रसाईंसहित सोही मुद्दामा थुनामा रहेका सुशील बराल, डन्डपानी न्यौपाने र सरोज गौतमलाई पनि धरौटीमा थुनामुक्त गर्ने आदेश भएको छ ।

त्यसैगरी उनीविरुद्धको बैंकिङ कसुर मुद्दामा पनि २५ हजार धरौटी माग भएको छ । बैंकको कर्जा अपचलनको आरोपमा उनीविरुद्ध १८ करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो । उच्चका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले सो बैंकिङ कसुर मुद्दामा धरौटी माग गरेको हो।


#दुर्गा प्रसाई

content ad p2

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर