Lucky-Khabar_

लमरियामा उपकार सेवा नेपालद्वारा खानेपानीका लागि मोटर हस्तान्तरण

अभिलाष गुप्ता
१९ साउन,बिरगंज|पोखरिया नगरपालिका–२ स्थित लमरिया विद्यालयमा खानेपानीको सहज पहुँचका लागि उपकार सेवा नेपालद्वारा मोटर हस्तान्तरण गरिएको छ। विद्यालय र स्थानीय बालबालिकाको स्वास्थ्य तथा शिक्षाको स्तर सुधार गर्ने उद्देश्यले गरिएको यो सहयोग कार्यक्रम सोमबार एक विशेष समारोहबीच सम्पन्न भएको हो।

उक्त कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विधा देवी सरावगीको विशेष उपस्थितिमा मोटर हस्तान्तरण गरिएको थियो। साथै समाजसेवी प्रकाश थारु, स्थानीय अगुवाहरू तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

यसअघि पनि उपकार सेवा नेपालले सोही क्षेत्रमा अवस्थित स्वास्थ्य चौकी र विद्यालयहरूमा पंखा वितरण गरेर सहुलियत पुर्‍याएको थियो। सोही क्रममा झखरा स्कूलमा थप पंखा दिने प्रतिबद्धता पनि संस्थाले जनाइसकेको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष सरावगीले आउँदा दिनमा पनि यसैगरी समाजोपयोगी कार्यहरूमा संस्था सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गरिन्। उनले समस्त दाताहरूलाई धन्यवाद दिँदै स्थानीयस्तरमा सशक्तिकरण र सेवा प्रवाहमा निरन्तर योगदान पुर्‍याउने संस्थाको उद्देश्य रहेको बताइन्।

content ad p2

विद्यालय परिवार तथा स्थानीयवासीले उपकार सेवा नेपालप्रति आभार प्रकट गरेका छन्।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर