राम सुन्द्र आर्य
२० श्रावण वीरगन्ज ।वीरगन्ज कपडा बैंकलाई लायन्स क्लब अफ सेन्ट्रल सिटि वीरगन्ज द्वारा कपडा सहयोग हस्तान्तरण गरेको छ । लायन्स क्लब अफ सेन्ट्रल सिटिका अध्यक्ष सुशीला साहको नेतृत्वमा मंगलबार २ बोरा ,२ कार्टुन बोरा ६ झोला कपडा वीरगन्ज कपडा बैंकको कार्यालय पुगेर बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन ।

उक्त अवसरमा सेन्ट्रल सिटिका जोन पर्सन डा. लक्ष्मी थापा ,डिन्ट्रीक चेयर पर्सन गुडडी जोशी,उपाध्यक्ष देवन्ती साह, सचिव कविता खडका ,सदस्यहरु सरिता सिंह ,सुगन्धी कुश्वाहा,सलोनी शिखा,जयन्ती चतुर्वेदी ,रेखा ओझा एवं वीरगन्ज कपडा बैंकका सल्लाहकारद्वय अधिवक्ता प्रकाश उपाध्याय -श्रवण बहादुर रायमाझी ,सचिव कन्हैया पटेल,कोषाध्यक्ष मनोज मिश्रा,सदस्यहरु नवराज भट्टराई , कुन्दन मिश्रा लगायतको सहभागीता रहेको थियो ।

त्यस्तै लायन्स क्लब अफ सेन्ट्रल सिटि का अध्यक्ष साहले वीरगन्ज कपडा बैंकले विगत केही वर्ष देखि कार्यालय स्थापना गरेर नियमित रुपमा र दिन दुखी असहाय , आगलागी, बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती हामी सबै खुशी छौ र बिपन्न असहायहरुले नया कपडा किन्न नसकनेहरु लाइ नया जस्तै कपडा उपलब्ध गराउन हामिले वीरगन्ज कपडा बैंकको सुकार्यमा हातेमालो गर्न केही कपडाहरु पहिले पनि सहयोग गरेका हौ र अहिले पनि लियेर आएका छौ साथै आगामी दिनमा हाम्रो साथ सहयोग रहनेछ भनी प्रतिबद्धता व्यक्त गर्दै हौसला बढाएका थिए ।

त्यसैगरी सो अवसरमा बैंकका सल्लाहकार उपाध्यायले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै सहयोगी हातहरुलाइ हार्दिक धन्यवाद ब्यक्त गरेका थिए ।

कपडा बैंकका अध्यक्ष सिंहले विगतमा पनि विभिन्न समयमा लायन्स क्लबले विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएकोमा आफुलाइ निकै खुशी लागेको बताउदै नियमित रुपमा कपडा सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक आभार धन्यवाद प्रकट गरेका थिए ।



