Lucky-Khabar_

रौतहटको माओवादी निकट अखिल क्रान्तिकारी महिला संघको अध्यक्षमा पटेल चयन, महिलाको नेतृत्वमा नयाँ आशा

२१ साउन,रौतहट । रौतहटको नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी महिला संघ जिल्ला अधिवेशन गरुडा बजारमा भव्य रूपमा सम्पन्न भएको छ ।

अधिवेशनमा सर्वसम्मतद्वारा निर्णय भई यमुनामाई गाउँपालिका वडा नं १ चिकना रौतहटकी सीमा कुमारी पटेल चयन भएकि छिन।

content ad p2

सहिद परिवारकी सदस्य पटेलको श्रीमानको ठूलो दाइ जनयुद्धको दौरान तत्कालीन सुरक्षाकर्मीको गोलीबाट सहादत प्राप्त गरेका थिए, जुन संघर्षको जगमै उहाँको नेतृत्व उभिएको छ ।२०७९ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदकी प्रत्यासी रहनुभएकी पटेल ५१ सदस्यीय जिल्ला समन्वय समितिको नेतृत्व गर्ने भएकी छिन् ।

मदेश जस्तो समाजमा अझै महिलाप्रति संकुचित सोच कायमै रहेको अवस्थामा पनि पटेलले प्रत्येक चुनौतीको सामना गर्दै आफूलाई संगठनात्मक रूपमा सबल बनाउँदै लगिरहनुभएको छ ।

पटेलले सामान्य परिवारबाट राजनीतिमा उदाएकी पार्टीको जुनसुकै गतिविधिमा सक्रिय सहभागीता जनाउँदै आएकी छिन् । उहाँको ससुराली घर यमुनामाई गाउँपालिकावडा नं १ चिकना भए तापनि, क्षेत्रको राजनीतिक, सामाजिक र विकास कार्यमा सक्रियता देखाउँदै आउनुभएको छ ।

त्यस्तै अध्यक्ष पटेलको पहलमा संघीय राजधानी काठमाडौँदेखि मधेश प्रदेश तथा स्थानीय तहसम्म समन्वय गरी दर्जनभन्दा बढी विकास योजनाहरू गाउँमा पुर्‍याउन सफल हुनु भएको छ ।
२०७९ सालको स्थानीय निर्वाचनमा केही मतले पराजित हुनु भएपनि उहाँ जनताको विश्वास जित्न सफल भएकी एक उदाहरणीय सामाजिक कार्यकर्ता बनिरहनुभएको छ । “जनप्रतिनिधि नभएपनि जनताको दुःख–सुखमा सधैं साथ दिनुपर्छ भन्ने विश्वासका साथ म अघि बढेकी हुँ,” पटेलले बताउनुभयो ।

अध्यक्ष पदमा चयन भएपछि पटेलले भन्नुभयो, “महिलालाई राजनीति गर्ने वातावरण अझै सहज छैन । तर म नकारात्मक आलोचना वा समाजको संकुचित सोचको परवाह नगरी आफ्नो उद्देश्य र जिम्मेवारीप्रति प्रतिबद्ध छु ।”

सीमा कुमारी पटेलको नेतृत्वले महिलाहरूमा राजनीतिक सक्रियता र आत्मविश्वास बढाउने विश्वास गरिएको छ ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर