Lucky-Khabar_

सप्तरीको राजगडमा गएराति प्रहरीको गोली चल्दा एक जनाको मृत्यु

सप्तरी ।सप्तरीको राजगडमा गएराति प्रहरीको गोली चल्दा एक जनाको मृत्यु भएको छ | मदिरा नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले गोली चलाउँदा घटना भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

मदिरा भण्डार गरिएको ठाउँमा राति सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए । उनका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको थियो, सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप भएको हो ।

तस्करहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्म रक्षाको लागि प्रहरीले ७ राउन्ड गोली चलाएको चतुर्वेदी बताउँछन् । जस क्रममा यादवको तिघ्रामा गोली लागि घाइते भएका थिए। अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्लाको राजगड गाउँपालिका वडा नम्बर–२ स्थित कमलपुरमा सर्च अप्रेसन गर्दा तस्कर र प्रहरीबिच भीडन्त भएको थियो । उक्त ठाउँबाट प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर