Lucky-Khabar_

वीरगंजमा “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बिभिन्न बिरुवाहरु निशुल्क वितरण

राम सुन्द्र आर्य
२१साउन,बिरगंज |वीरगंजमा “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बिभिन्न बिरुवाहरु निशुल्क वितरण भएको छ | वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंज महानगरपालिकाले बुधबार फलफूलका बिरुवा निशुल्क वितरण गरिएको छ।

महानगरको यो अभियानलाई जनस्तरमा प्रभावकारी बनाउन घण्टाघर चोकमा आयोजना गरिएको कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह आफैं सहभागी भई स्थानीयवासीलाई बिरुवा वितरण गर्नुभयो |कार्यक्रममा आँप, लिच्ची, कागती, अनार, अम्बा र बेल जस्ता लोकप्रिय फलफूलका प्रजातिहरूका ५ हजार बिरुवा वितरण गरिएको हो ।

“हरियालीले शहरलाई स्वस्थ बनाउँछ, र प्रत्येक घरको आँगनमा एक बिरुवा रोप्न सके हामीले वातावरणीय सन्तुलनमा ठूलो योगदान दिन सक्छौं,” महानगर प्रमुख सिंहले कार्यक्रममा भन्नुभयो, “हामीलाई सहरी विकाससँगै हरित विकास पनि उत्तिकै आवश्यक छ।”
महानगरको कृषि शाखा प्रमुख रोशनी यादवका अनुसार करिब ५ हजार बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ, र यसको शुरुवात बुधबार घण्टाघर चोकबाट गरिएको हो।

महानगरपालिकाले अभियानअन्तर्गत सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थल तथा व्यक्तिगतरूपमा इच्छुक घरधुरीहरुलाई बिरुवा उपलब्ध गराएको हो ।स्थानीयबासीले महानगरको यस प्रयासको प्रशंसा गरेका छन् ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर