मनोज पंडित
२१ साउन्,बिरगंज|रबि लामिछानेमाथि भएको राजनीतिक प्रतिरोधबिरुद्ध बीरगंजको नयाँ बसपार्क चौकमा जनताको हस्ताक्षर कार्य भएको छ | आज बुधबार बिहान ८.०० बजे देखि पर्सा जिल्लाको बिरगंज महानगरपालिका अन्तरगत नया बसपार्क भानु चौकमा शुरु भएको छ |

उक्त कार्यमा जनताहरु धेरै जसोले लामिछानेमाथि भएको राजनीतिक प्रतिरोधबिरुद्ध भईरहेको हस्ताक्षर कार्य सुन्न बितिकै आफुखुसी पनि आएर हस्ताक्षर गरिरहेको भने देखियो | हस्ताक्षर गर्ने मध्ये धेरै जनाले भने, ”हामि रास्वपाको नभएपनि रबि माथि यो सरकारले रिश्वी साधि अदालतद्वारा अत्याचार गरेकै हो भन्ने देखिन्छ |” हामि लामिछानेको लागि आईपरे जस्तो पनि सहयोग र सहकार्य गर्न पछी हट्दैन भनि बताए | एकनएक दिन उ निर्दोष साबित भई रिहा हुन्छ भनि पूर्ण बिश्वास छ |
उक्त रबि लामिछानेमाथि भएको राजनीतिक प्रतिरोधबिरुद्ध जनताको हस्ताक्षरको कार्यक्रम रास्ट्रिय स्वतन्त्र पार्टी मदेश प्रदेश यातायात बिभाग प्रमुख राम सुन्द्र आर्यको पहल अध्यक्षतामा भएको हो|कार्यक्रममा स्थानीय भरभलादमी,व्यवशायी,यात्री,सुरक्षाकर्मी र पत्रकारहरुको उपस्थिति रहेका थिए |
त्यस्तै रास्वपा यातायात बिभाग प्रमुख आर्यले रबि रास्वपा बिरुद्ध भईरहेको अत्याचार नेपालि जनताले राम्रो बुझिसकेका छन् र आउदो चुनाव ८४ मा रास्वपालाई आफ्नो मत दिएर बहुमतको सरकार बनाउन सहयोग पूर्ण रुपले गर्छ नभए यो सरकारले देशलाई भिखारी र गरिब बनाई आआफ्नो गोजी मात्र भर्ने कार्य भनि बताए |



