राज सरार्फ
२१ साउन,बीरगज | जगरनाथपुर गाउँ पालिका र नेशनल मेडिकल कलेज बिच एतिहासिक समझौता भएको छ ।
जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकहरूलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वीरगंज–१५, भेडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग एतिहासिक सम्झौता (MoU) गरेको छ।
बुधबार सम्पन्न हस्ताक्षर कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव र नेशनल मेडिकल कलेज अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो छ।

सम्झौता अनुसार अब जगरनाथपुर गाउँपालिकाका बासिन्दाले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल मा उपचार सेवामा OPD, सर्जरी, बेड चार्ज, प्याथोलोजी, एक्स–रे, CT Scan, MRI, फार्मेसी लगायतका सेवामा ७% देखि २५% सम्मको विशेष छुट पाउनेछन्।
साथै, हरेक ३–३ महिनामा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। समझौतामा उल्लेख गरिएको छ।

कार्यक्रममा पालिका उप–मेयर श्रीमती बबिता सिंह, वडा अध्यक्षहरू, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। साथै नेशनल मेडिकल कलेजको तर्फबाट प्रमुख सूचना अधिकारी इ. प्रदीप चौधरी र मार्केटिङ प्रबन्धक जितेश चन्द्र दास समेत को उपस्थित रहेको थियो।

अध्यक्ष यादवले यस सहकार्यलाई “स्थानीय स्तरमा स्वास्थ्य पहुँच विस्तार गर्ने ऐतिहासिक प्रयास” भन्दै जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।


