Lucky-Khabar_

राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानको प्रथम पदस्थापन कार्यक्रम सम्पन्न, नयाँ नेतृत्वलाई शुभकामना

अभिलाष गुप्ता
२३साउन,वीरगञ्ज |राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानको प्रथम पदस्थापन कार्यक्रम शुक्रबार वीरगञ्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा कानुन तथा संघीय मामिला मन्त्री माननीय अजय चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित रहे।

विशिष्ट अतिथिका रूपमा प्रदेश सभासद् बिना शर्मा, समाजसेवी श्याम पटेल, उद्योगी ओम प्रकाश शर्मा, अशोक वैधलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा अग्रवाल समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरू, व्यवसायी, पत्रकार तथा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रह्यो।

content ad p2

कार्यक्रमको संयोजन तदर्थ समिति संयोजक ज्योति कुमार केयालले गरेका थिए भने कार्यक्रम संयोजकको जिम्मेवारी अनुप अग्रवालले सम्हाले। पदस्थापनको औपचारिक कार्य आर.पी. खेतानले सम्पन्न गराएका थिए।कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, नरेन्द्र साहलगायतको सहभागिता थियो। यस अवसरमा समाजका योगदानकर्ताद्वय श्रीमती नूतन सरावगी र श्रीमती स्वेता अग्रवाललाई विशेष सम्मान प्रदान गरिएको थियो।

सपथ ग्रहण गरिएका पदाधिकारीहरु यस प्रकार रहेका छन।अध्यक्षमा ज्योति कुमार केयाल,उपाध्यक्षमा सञ्जय अग्रवाल,महासचिवमा परमानेन्द कदमीया,कोषाध्यक्षमा रवि शंकर अग्रवाल,सदस्यहरूमा श्रीमती नूतन पोद्दार सरावगी,अनुप अग्रवाल,सुशील मित्तल,अरविन्द खेतान,दिपेश अग्रवाल,निरज अग्रवाल,प्रदीप केडिया,अशोक टेमानी,गणेश लाठ,पिताम्बर मुनका रहेका थिए।

नवपदस्थापित अध्यक्ष ज्योति कुमार केयालले आफ्नो सम्बोधनमा संस्थालाई सामाजिक, सांस्कृतिक र शैक्षिक उत्थानमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अग्रवाल समाजको एकता र पहिचानलाई मजबुत बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए।कार्यक्रमको अन्त्यमा अतिथि तथा सहभागीहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थि

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर