Lucky-Khabar_

रास्वपाको मधेस प्रदेश समितिको सहमहामन्त्रीमा गणेश धिमाल र पुनम साहको नियुक्त

राम सुन्द्र आर्य
२३ साउन,काठमाडौं|रास्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको मधेस प्रदेश समितिको सहमहामन्त्रीमा गणेश धिमाल र पुनम साहको नियुक्त भएको छ |रास्वपाको प्रदेश समितिको बैठकले मधेस प्रदेश समितिको सहमहामन्त्रीमा बाराका गणेश धिमाल र सिराहाका पुनम साहलाई नियुक्त गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

content ad p2

त्यस्तै आजको बैठकले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै चलाइरहेको हस्ताक्षर अभियानलाई देशव्यापी रूपमा प्रभावकारी बनाउने निर्णय गरेको छ। हालसम्म ३२ लाख भन्दा बढी हस्ताक्षर संकलन भएको पनि रास्वपाले जानकारी गराएको छ।

बैठकले पार्टीको संस्थापक केन्द्रीय सदस्य ईश्रामुल्ला मियालाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको छ। उनी यसअघि हज कमिटीको अध्यक्षमा नियुक्ति भएका थिए। त्यतिबेला पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका उनलाई आजबाट पुनः जिम्मेवारीमा फर्काइएको हो।

त्यस्तै आजको बैठकले केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा काठमाडौंका श्यामबाबु गौतम र उपप्रमुखमा नवलपुरका ललित श्रेष्ठलाई नियुक्त गरेको छ।केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभाग प्रमुखमा नवलपुरकै गोकुल सापकोटा नियुक्त गरेको छ।पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने रास्वपाले बताएको छ।

पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यहरूलाई जिल्लामा परिचालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले बताए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर