Lucky-Khabar_

मदरल्यान्ड मा.बि.मा आज विशेष समारोहका बीच कक्षा मनिटर, हेड ब्वाज र हेड गर्लको ब्याच वितरण कार्यक्रम समपन्न

राम सुन्द्र आर्य
२८ससुन,वीरगञ्ज।मदरल्यान्ड मा.बि.मा आज विशेष समारोहका बीच कक्षा मनिटर, हेड ब्वाज र हेड गर्लको ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, विशिष्ट अतिथि नेशनल प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष सोनालाल पटेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश विभाग प्रमुख रामसुन्दर आर्य, गुनासो तथा व्यवस्थापन विभाग प्रदेश प्रमुख नरेन्द्र कुमार यादव, समाजसेवी कन्हैया केशरी सन्चार कर्मि अभिनाश गुप्ता लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

content ad p2

उक्त कार्यक्रम मदरल्यान्ड स्कुलका संस्थापक एवं नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष नन्दन यादवको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रममा विद्यालयमा नेतृत्व र जिम्मेवारीको अभ्यास अत्यन्तै आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई अनुशासन, इमानदारी र परिश्रमका माध्यमबाट उदाहरणीय नेतृत्व प्रस्तुत गर्न सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी प्रमुख निरोज चौलागाईं आफ्नो मन्तव्यमा बताए। “कक्षा मनिटर, हेड ब्वाज र हेड गर्लको भूमिका केवल एक पद मात्र होइन, यो जिम्मेवारी र विश्वासको प्रतीक हो। यस अवसरलाई सदुपयोग गर्दै तपाईंहरू विद्यालयको गौरव र अनुशासनको पहिचान बन्नुहोस्।” भनि बताए।

प्रमुख अथिति,बिशेष अथिति र अथितिद्वारा कार्यक्रममा विभिन्न पदमा चयन भएका विद्यार्थीहरूलाई ब्याच वितरण गरियो।

त्यस्तै उक्त कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी, विद्यार्थी अभिभावक तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर