Lucky-Khabar_

रास्वपा पर्सा–१मा राम आर्य र २ मा फैयाज मिया समितिको गठनमा सभापति चयन

विवेक पटेल
२८ सावन,विरगंज। |राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा–१मा राम आर्य र २ मा फैयाज मिया समितिको गठनमा सभापति चयन भएको छ |राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको क्षेत्र नम्बर १ र २ का क्षेत्रीय सभापतिमा क्रमशः राम सुन्दर आर्य र फैयाज मिया चयन भएका छन्।

सम्पन्न क्षेत्रीय भेला समिति गठनले पर्सा–१ मा आर्यको सभापतित्वमा सात सदस्यीय समिति गठन गरेको छ। समितिमा उपसभापतिमा पम्फा गिरि र श्याम बाबू गुप्ता, सचिवमा कासिम मिया तथा सदस्यमा रामहरी उपाध्याय, बबिता कुमारी धोबी र नन्दन बानियाँ रहेका छन्।

त्यस्तै, पर्सा–२ को सभापतिमा निर्वाचित फैयाज मियाको अध्यक्षतामा गठित समितिमा उपसभापतिमा परितोष द्विवेदी र शान्ति ढकाल, सचिवमा किशन साह तथा सदस्यमा विजय कुमार यादव, अमित शाह र प्रमोद कुमार उपाध्याय रहेका छन्।रास्वपा पर्साका सभापति हरि पन्तले छिट्टै पर्साको बाँकी क्षेत्र नम्बर ३ र ४ मा पनि समिति गठन गरी चारै क्षेत्रलाई पूर्णता दिइने बताए। उनले जिल्लाका शिक्षित र बौद्धिक वर्गको रास्वपाप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको दाबी गरे।

उक्त रास्वपाको कार्यर्क्रम आज बुधबार विरगंज स्थित गेटवे होटलमा समपन्न भएको हो|कार्यक्रमको प्रमुख अथिति रास्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सदश्य डा.नन्दन यादव हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतितव पार्टीका जिल्ला सभापति हरि पन्तले गरेका थिए |कार्यक्रममा पार्टका पदाधिकारी तथा कार्यकर्ताहरुको बिशेष उपस्थिति रहेका थिए |

content ad p2

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर