Lucky-Khabar_

वीरगंज वडा नम्बर १५ र १६ का दलित परिवारलाई नेपाल रेडक्रस सोसाइटीद्वारा बाल्टिन वितरण

अभिलाष गुप्ता
२८साउन,बिरगंज| खानेपानीको अभाव झेलिरहेका वीरगंज महानगरपालिका वडा नं. १५ का १६ दलित परिवारलाई पानी सुरक्षित रूपमा संकलन र भण्डारण गर्न सहयोग पु-याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले आज बाल्टिन वितरण गरेको छ।

वितरण कार्यक्रम पर्सा शाखाका मन्त्री विनोद गिरि, कोषाध्यक्ष दयाशंकर सिंह, नि. कार्यालय प्रमुख वीर शम्सेर प्रसाद कुर्मी, स्वयंसेवक राजु साह, अरविन्द पटेल र सन्तोष पटेलको उपस्थितिमा सम्पन्न भयो। यस अवसरमा सहभागीहरूले स्वच्छ खानेपानीको महत्त्वबारे पनि जानकारी गराउँदै स्वास्थ्य र सरसफाइमा ध्यान दिन अनुरोध गरे।

स्थानीय बस्तीका बासिन्दाले रेडक्रसको यो सहयोगलाई स्वागत गर्दै यसले आफ्नो दैनिकीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

content ad p2

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका प्रतिनिधिहरूका अनुसार, आगामी दिनमा पनि खानेपानी, सरसफाइ र स्वास्थ्यसम्बन्धी विभिन्न सहयोग तथा जनचेतना कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर