Lucky-Khabar_

ठगीको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाल पक्राउ

राम सुन्द्र आर्य
२८साउन,बीरगंज|। ठगी गरेको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट बुधबार बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, वर्णवालले अनलाइन व्यापार र लगानीको नाममा विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ असुली गर्दै लुकीछिपी बस्दै आएका थिए। पीडितहरूका भनाइअनुसार, उनले ऑनलाइन कारोबारमा ठुलो कमाईको लोभ देखाई नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमा यसअघि उनले त्यही पैसाबाट‘अभियान डिजिटल वर्ल्ड’, ‘अल्ट्रा अभियान’, ‘कबाड पसल’ र ‘ऋषि आदिवासी तेल’जस्ता नाममा व्यापार सञ्चालन गर्दै अनेक व्यक्ति तथा परिवारलाई आर्थिक रूपमा बर्बाद पारेको आरोप लागेको छ। ठगीसम्बन्धी उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

content ad p2

पीडितहरूले आरोप लगाएका छन् कि वर्णवाल प्रहरी र केही दलालहरूसँग मिलेमतो गरेर लामो समयसम्म कानुनी कारबाहीबाट जोगिँदै आएका थिए। उनी र उनका छोरा योगेश वर्णवालले पीडितहरूलाई उल्टै धम्की दिने गरेको पनि आरोप छ।

स्थानीयहरूका अनुसार, करिब १० वर्षअघि आर्थिक अवस्था कमजोर रहेका वर्णवाल हाल छोटो समयमै धनी बनेका छन्, जसको छानबिन आवश्यक देखिन्छ। वीरगञ्ज–१०, रानीघाटका स्थायी बासिन्दा उनी पछिल्ला वर्षहरूमा बारम्बार डेरा सर्दै बस्दै आएका थिए।

वर्णवाल केही दिनअघि नारायणघाटमा पनि ठगी मुद्दामा पक्राउ परेका थिए। उनलाई नेपालमा नेटवर्किङ र क्रिप्टोकरेन्सी कारोबारीको माफियाको नामले चिनिन्छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर