Lucky-Khabar_

वीरगंजमा प्रदीप गिरिको तेस्रो पुण्यतिथिमा विशेष कार्यक्रम हुने भएको छ

राम आर्य
३०साउन,बिरगंज|वीरगंजमा प्रदीप गिरिको तेस्रो पुण्यतिथिमा विशेष कार्यक्रम हुने भएको छ | इमानदारी र नैतिकताका दुर्लभ आवाज मानिने नेपाली राजनीतिज्ञ तथा विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसरमा भदौ ७ गते शनिबार वीरगञ्जमा विशेष कार्यक्रम हुने भएको छ। प्रदीप गिरी इन्स्टिच्युट (PGI)ले शुक्रबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी गराएको हो।

सो कार्यक्रममा “उत्साह र सङ्घर्षको आलोकमा : प्रदीप गिरिको सम्झना” शीर्षकमा हुने नेपाल र भारतका मित्र, राजनीतिक अगुवा, विचारक, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

content ad p2

कार्यक्रम बिहान १०ः३० बजे वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा सुरु हुने र तीन चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण र उहाँको जीवन तथा विचारमाथि आधारित वृत्तचित्र प्रदर्शन हुनेछ। दोस्रो चरणमा स्वागत तथा स्मरण मन्तव्य रहनेछ भने तेस्रो चरणमा राजनीति, अर्थतन्त्र, संस्कृति र क्षेत्रीय सम्बन्धबारे प्यानल छलफल हुनेछ।छलफलमा सीमावर्ती क्षेत्रको ऐक्यबद्धता, आर्थिक सहकार्य, साझा संस्कृति र युवालाई नवप्रवर्तनतर्फ उन्मुख गराउने विषयमा विचार–विमर्श गरिने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा संस्थाका संयोजक कन्चन झाले (PGI)को उद्देश्यबारे प्रष्ट पार्दै भने, “प्रदीप गिरिको जीवन र विचारलाई जीवन्त राख्ने, न्यायसंगत र समावेशी समाज निर्माणका लागि अनुसन्धान, संवाद र क्रियाशीलतालाई प्रोत्साहन गर्नु हाम्रो ध्येय हो।”कार्यक्रममा सहभागीहरूले गिरिको मूल्य–मान्यतालाई नयाँ पुस्तासम्म पुर्‍याउने तथा नैतिक राजनीति, सामाजिक न्याय र क्षेत्रीय सद्भावको यात्रालाई निरन्तरता दिने उदेश्य रहेको बताए ।

पत्रकार सम्मेलनमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, पत्रकार सुष्मा शर्मा तथा अन्य पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण विवेक कर्णले गरेका थिए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर