Lucky-Khabar_

बीरगंजमा नेपाल इन्जिनियर एसोसिएसन मतदान सम्पन्न , मतदान २२६ जनाले मात्र गरे

३०साउन,बिरगंज | बीरगंजमा नेपाल इन्जिनियर एसोसिएसन मतदान सम्पन्न , मतदान २२६ जनाले मात्र गरे |बीआइटी कलेजमा शुक्रबार नेपाल इन्जिनियर एसोसिएसन बीरगंजको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ। कुल मतदाता संख्या ३६६ रहेकोमा २२६ मात्र मत खसेको निर्वाचन अधिकृत संयोजक इन्जिनियर आत्माराम साहले जानकारी दिनुभएको छ।

content ad p2

बीआइटी कलेजमा भएको नेपाल इन्जिनियर एसोसिएसन बीरगंज केन्द्रका लागि ९ कार्यसमितिका लागि १८ जनाले उमेदवार दिएको निर्वाचन अधिकृत इन्जिनियर साहले बताएका हुन ।निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र बेलुकी ६ बजेदेखि मतगणना गर्ने तयारी भइरहेको बताए ।

९ सदस्य कार्यसमितिका लागि सभापतिमा गठबन्धन बाट इन्जिनियर पृयन्सु गुप्ता ,एनइएएन समुहबाट इन्जिनियर धिरज साह,उपसभापतिमा अविशेष कुमार गुप्ता ,श्यामकिशोर प्रसाद दास,सचिव पदमा गौरव कुमार सरार्फ,मनिष प्रसाद केशरी ,कोषाध्यक्ष पदमा रामाकान्त प्रसाद यादव ,एमडी अकबर हुसेन र सदस्यहरुका लागि नौसद अन्सारी ,गुडु कुमार साह,रामपुकार पण्डित ,सुरज कुमार मिश्र,बलिराम यादव ,रवि कुमार पटेल ,रुपेश कुमार चौरसिया,राजगिरी,कृष्ण सरार्फ,रामश्यान कुमार यादव रहेका छन् ।


निर्वाचन अधिकृत इन्जिनियर आत्मराम साहको संयोजकत्वमा निर्वाचन मण्डलहरु बीआइटी कलेजका प्रिन्सिपल इन्जिनियर निरज श्रीवास्तव,इन्जिनियर उमेश कुमार दास,इन्जिनियर प्रेम शंकर ठाकुर ,इन्जिनियर फरियाद अन्सारी लगायतको टोली रहेको इन्जिनियर राजेश यादवले बताएका छन् ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर