राम सुन्द्र आर्य
३१साउन, वीरगञ्ज ।वीरगञ्ज केन्द्रको निर्वाचनमा नेपाल इन्जिनियर्स एसोसिएसन गठबन्धन समूहको जित भएको छ|वीरगञ्ज केन्द्रको कार्यकारिणी समितिको निर्वाचनमा नेपाल इन्जिनियर्स एसोसिएसन गठबन्धन समूहका उम्मेदवारहरू विजयी भएका छन् ।

विभिन्न राजनीतिक दल निकट इन्जिनियर्स र भ्यालुएटर सङ्गठनको गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारहरूले स्वतन्त्र प्यानलका प्रतिद्वन्द्वीहरूलाई पराजित गर्दै कार्यकारिणी समितिमा आफ्नो वर्चस्व कायम गरेका छन् ।निर्वाचनमा सभापतिमा गठबन्धन समूहका प्रियान्शु गुप्ता रौनियार विजयी भएका छन् । उनले १२६ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र प्यानलका धिरज कुमार साहलाई ३० मतको अन्तरले पराजित गरे । साहले ९६ मत प्राप्त गरेका थिए ।

उपसभापतिमा गठबन्धन समूहका श्याम किशोर प्रसाद दास १२६ मतका साथ निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र प्यानलका अभिषेक कुमार गुप्ताले ९८ मत प्राप्त गरे ।सचिव पदमा गठबन्धन समूहका मनिष प्रसाद केशरी १२० मत र कोषाध्यक्षमा मोहम्मद इकवाल हुसेन ११९ मतका साथ विजयी भएका छन् ।

सदस्यहरूमा रबी कुमार पटेल, रुपेश कुमार चौरसिया, राज गिरी, कृष्णा सर्राफ र राम श्याम कुमार यादव निर्वाचित भएका छन् ।निर्वाचन शुक्रवार वीरगञ्जस्थित वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्पन्न भएको थियो। मतपरिणाम शनिवार बिहान सार्वजनिक गरिएको हो ।



