Lucky-Khabar_

वीरगञ्जमा भएको निभासा इन्डष्ट्रिजमा आगलागीहुदा करिब ३९ लाख रुपैयाँ बराबरको क्षति

राम सुन्द्र आर्य
४ भदौ,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२१, परवानीपुरस्थित निभासा इन्डष्ट्रिज प्रालिमा विद्युत् सर्टका कारण आज बिहान ९ः४५ बजे भीषण आगलागी भएको छ।आगो लाग्दा करिब ३९ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार फरजना खातुनको स्वामित्वमा रहेको तीनतल्ले पक्की घरको भुइँतल्लामा सञ्चालित उक्त उद्योगमा रहेका विभिन्न महत्त्वपूर्ण मेसिन र उपकरणहरू जलेर नष्ट भएका छन्।

content ad p2

घटनापछि प्रहरी चौकी परवानीपुर, सशस्त्र प्रहरी बल श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको करिब ३० जनाको टोली, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। संयुक्त प्रयासमा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरणअनुसार करिब ३२ लाख रुपैयाँ बराबरको हिट ट्रान्सफर्मर मेसिन, २ लाख २० हजार रुपैयाँको सर्भो स्टेबलाइजर, ३ लाख रुपैयाँको रोलिङ मेसिन र २ लाख रुपैयाँको वाइरिङ पार्ट्स जलेर नष्ट भएका छन्। कुल क्षति अनुमानित ३९ लाख २० हजार रुपैयाँ बराबरको रहेको छ| भाग्यवश, आगलागीबाट कुनै पनि मानवीय वा चौपायाको क्षति नभएको पुष्टि गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

लक्की खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर