Lucky-Khabar_

रौतहटको गौरमा छुरा प्रहारबाट २२ वर्षीय युवकको हत्या, एक जना पक्राउ

४ भदौ, जनकपुरधाम । रौतहटको गौर नगरपालिका–५ स्थित गौरीशंकर कलेज अगाडि छुरा प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यमुनामाई गाउँपालिका–५ का सहाबुद्दीन मियामाथि आज दिउँसो करिब २ः४० बजे छुरा प्रहार भएको हो।

प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार कलेज अगाडिको क्षेत्रमा भएको विवादका क्रममा सहाबुद्दीनमाथि छुरा प्रहार गरिएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई तत्कालै प्रादेशिक अस्पताल गौर पु¥याउने प्रयास गरिए पनि बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट छुरा प्रहार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति गौर नगरपालिका–३ का मनोज राम रहेको पुष्टि भएको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ भने पक्राउ परेका मनोज राममाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

सम्बन्धित खबर

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

लक्की खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर