Lucky-Khabar_

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किएकीकोले आजदेखि छुट्टै सम्पर्क कार्यालय

५ भदौ, काठमाडौँ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको विरोधका बाबजुद सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएकी छन् ।

उक्त कार्यालयको उद्घाटन थापागाउँस्थित लाखेचौर मार्गमा रहेको एक घरमा सञ्चालनमा ल्याइएको भण्डारीले आफैं गरेकी हुन्। कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष सुरेन्द्र पाण्डे, सरिता न्यौपाने, बाबुराम गौतम, कृष्ण प्रसाद दाहालसहितका केन्द्रिय सदस्य उपस्थित भएका छन्। त्यस्तै बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, काठमाडौं अध्यक्ष दिपक निरौला, पूर्वमन्त्री महेन्द्र पाण्डेलगायत नेताहरू पुगेका छन् ।

बाहिर ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिए पनि यो कार्यालयबाट भण्डारीले आफ्ना राजनीतिक गतिविधिहरू सञ्चालन गर्ने उनका निकटस्थहरूले जनाएका छन्। उक्त समितिको संयोजक एमाले नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने भण्डारी स्वयं संरक्षकको भूमिकामा छिन्। यसले पूर्वराष्ट्रपति भण्डारीको एमालेभित्रको सक्रियता र भावी भूमिकाबारे थप चासो बढाएको छ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

लक्की खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर