५ भदौ,वीरगञ्ज ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ३ काे सभापतिमा मनोज कुर्मी चयन भएको छ |रास्वपा पर्सा जिल्ला समितिले आज वीरगञ्जको कन्ट्री इन होटलमा आयोजना गरेको कार्यक्रमबाट निर्वाचन क्षेत्र नम्बर ३ को समिति पुनर्गठन गरेको छ। सोही कार्यक्रममा पोखरिया निवासी मनोज कुर्मीलाई संयोजकको जिम्मेवारी दिइएको छ।

कुर्मी लामो समय शिक्षण पेसामा रहेका र नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका एक वर्षअघि रास्वपाका संगठन विभाग सचिव शंकर श्रेष्ठ र पर्सा जिल्ला सभापति हरि पन्तले पार्टी प्रवेश गराएका थिए।

रास्वपाका नवगठित ७ सदस्यीय समितिमा उपसभापतिमा महेन्द्र नारायण दास र सुजित कुमार, सचिवमा राकेश गुप्ता र तीनजना क्षेत्रीय सदस्य रहेका छन्।

कार्यक्रममा रास्वपा पर्साका जिल्ला सभापति हरि पन्तले क्षेत्रीय समितिहरू पार्टीको मेरुदण्ड भएकाले यसको विस्तारले पार्टीलाई जिल्लामा थप मजबुत बनाउने बताए। जिल्लाका ३ वटा क्षेत्रमा समिति गठन भइसकेको जानकारी दिँदै आगामी शनिबार (भदौ ७ गते) ठोरीमा क्षेत्र नम्बर ४ को पनि भेलाबाट समिति गठन हुने उनले बताए।
रास्वपाका नवगठित कार्यक्रम जिल्ला सभापति हरि पन्तको सभापतित्वमा सम्पन्न उक्त भेलामा केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश सदस्य सब्बु कँडेल, पुर्षोत्तम देव, प्रमोद सहनी, जिल्ला उपसभापति तुलसा पौडेल,रास्वपा पर्सा छेत्र नं.१का सभापति राम आर्य,छेत्र नं.४का सभापति जितेन्द्र मिश्रा,जिल्ला सचिव सुदिश प्रजापति र कोषाध्यक्ष दिलीप कुर्मी,मैनुदिन अन्सारी लगायतको उपस्थिति रहेका थियो।


