६भदौ, वीरगंज ।”नागरिकको लागि हामि सदैव छौ” — सरुवा भएका पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले आफ्नो कार्यकालको समीक्षा गर्दै बताएका छन्।


आफु सरुवा भएर जाने बेलामा शुक्रबार पत्रकार सम्मेलनमा प्रश्नको जवाफमा प्रजिअ अर्यालले “नागरिक प्रति अपेक्षा राख्ने होइन,नागरिकका लागि हामि हौ|”बताउनु भयो | आफूले जनताको सेवा गर्ने प्रयासलाई प्राथमिकतामा राखेको र पर्सामा बिताएको समय स्मरणीय रहेको बताए । उनका अनुसार शीतलहरका समयमा ४८ सय घरपरिवारलाई कम्बल वितरण गरेर राहत पुर्याइएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीलाई सहज बनाउन उनले स्थानीय भाषामा सूचना र विभिन्न हेल्प डेस्क स्थापना गरेको जानकारी पनि दिए । भारत–नेपाल सीमा व्यवस्थापनमा सुधार गर्ने योजनाबारे कुरा गर्दै उनले एकीकृत सुरक्षा प्रणाली लागू गर्न चाहेको तर वीरगंज भन्सारको कारणले त्यसलाई कार्यान्वयन गर्न नसकिएको बताए ।

पत्रकारहरुकाे प्रश्वनकाे जवाफ दिदै सिडियाे अर्यालले कानूनले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा कर उठाउने अधिकार स्थानीय तहलाई नदिएकाे वताए ।अर्यालले आफूले सुरु गरेका पहलहरूले पर्सामा प्रशासनिक सुधार, जनसेवा र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको दाबी गर्दै पर्सावासीको सहयोग र साथप्रति आभार व्यक्त गरेका छन् ।


