Lucky-Khabar_

सूर्य नेपालद्वारा वीरगंजका दुई विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण

राम आर्य
६ भदौ,वीरगञ्ज।वीरगंजका दुई विद्यालयमा सूर्य नेपाल प्रा.लि.ले अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. ३२ स्थित श्री मनमिश्र आधारभूत विद्यालय र वडा नं. ३१ स्थित सोलकपुर माध्यमिक विद्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा ल्याब हस्तान्तरण गरिएको हो ।

सूर्य नेपालका सिनियर मैनेजर यज्ञ बहादुर आलेका अनुसार सोलकपुर माध्यमिक विद्यालयमा १५ थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान यूपीएससहितको ल्याब स्थापना गरिएको छ भने मनमिश्र आधारभूत विद्यालयमा १० थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान यूपीएस उपलब्ध गराइएको छ । बिधुतिय जमानामा विधार्थीहरुलाई बिधुतिय सामग्रीले सिक सिकन सजिलो हुनेछ |यसरी प्रविधिमूलक पूर्वाधार विद्यालयमै स्थापना भएपछि विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा डिजिटल शिक्षा सिक्ने अवसर मिल्ने आलेले बताको छ ।

मनमिश्र आधारभूत विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यालयमा प्रविधि प्रवेश गराउनु ठूलो उपलब्धि भएको टिप्पणी गर्नुभयो । उहाँले सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो लगानीले बालबालिकाको भविष्य उज्ज्वल बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा कम्पनीले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।विद्यालयका शिक्षक र अभिभावकहरूले कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीहरूको सिकाइ अझ व्यवहारिक र प्रविधिमैत्री हुने प्रतिक्रिया दिएका छन् । उनीहरूले यस किसिमको सहयोगले विद्यार्थीलाई डिजिटल सीप, अनुसन्धान गर्ने क्षमता र भविष्यमा प्रतिस्पर्धी बन्ने योग्यता विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपालले शिक्षा, स्वास्थ्य, वातावरण र सामुदायिक विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ । यसपटक वीरगंजका विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गरेर विद्यार्थीलाई २१ औं शताब्दीको डिजिटल शिक्षासँग नजिक्याउने प्रयास गरिएको कम्पनीले जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर