Lucky-Khabar_

आमा बन्दै बलिउड अभिनेत्री परिणीति चोपडा: उनि भन्छिन् , हाम्रो सानो संसार आउँदैछ

मुम्बई । बलिउड अभिनेत्री परिणीति चोपडा आमा र  पति राघव चड्ढा बुबा  बन्दैछन् । पति राघव चड्ढा र परिणीतिले इन्स्टाग्रामबाट पहिलो सन्तानको पर्खाइमा आफूहरू रहेको कुरा सेयर गरेका छन् ।

content ad p2

सबैभन्दा प्रिय जोडी मध्ये एक परिणीति र राघवको बलिउडको यो खुशीको खबर सुनेर बलिउड र विश्वभरका फ्यानहरूबाट बधाईको ओइरो लागेको छ ।

यस पोस्टमा बच्चाको खुट्टालाई चित्रण गरिएको छ र यसमा १+१=३ लेखिएको छ, जुन देखेर उनीहरूका साथीहरू धेरै खुसी भएका छन् ।

दुवैले पोस्टको क्याप्सनमा लेखेका छन्, ‘हाम्रो सानो संसार…अब आउँदैछ, नाप्न सकिनेभन्दा धेरै परको अनुग्रह ।’ उनीहरूले पोस्टमा अब एक र एक जोडेर उनीहरू तीन बन्न लागेको बताएका छन् ।

यो पोस्ट देखेर सबैले यो जोडीलाई हृदयदेखि बधाई दिएका छन् । दुवैले इन्स्टाग्राममा यो सुन्दर पोस्टमा एउटा भिडियो पनि सेयर गरेका छन् । सोनम कपूर, नेहा धुपिया, रकुल प्रीत, भूमि पेडनेकर जस्ता सेलिब्रेटीले पोस्टमा उनीहरूलाई बधाई दिएका छन् ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर