Lucky-Khabar_

सशस्त्र प्रहरी बलले रौतहटमा ३ लाखभन्दा बढीको अवैध सुर्ती बरामद

वीरगञ्ज । रौतहटमा सशस्त्र प्रहरी बलले भन्सार छलेर अवैध रूपमा भित्र्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ। बरामद गरिएको सुर्तीको बजार मूल्य ३ लाख ६२ हजार ७५० रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

ईशनाथ नगरपालिका–४ मठिया स्थित रामसिंह चनौको भट्टी पसल नजिक र चुमन मियाको धानखेतमा लुकाएर राखिएको अवस्थामा ३० बोरामा भण्डारण गरिएको ७४५ किलो सुर्तीजन्य पदार्थ बरामद गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतको कमाण्डमा र बोर्डर आउट पोस्ट औरैयाका सशस्त्र प्रहरी निरीक्षक खेमराज जोशी नेतृत्वको टोलीले आइतबार राति सीमाक्षेत्रमा चेकजाँचको क्रममा उक्त सामग्री फेला पारेको हो।

content ad p2

बरामद भएको अवैध सुर्तीजन्य वस्तुहरू आवश्यक कानूनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा चोरीपैठारी रोक्न गस्ती र निगरानी अझ कडा पारिएको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर