Lucky-Khabar_

रुबी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा सहित चालक पक्राउ।

रौतहट — रौतहटको माधवनारायण नगरपालिका-६कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्ति गौर बजारका ई-रिक्सा चालक लक्ष्मण महरा हुन् । रुबीको हत्या गर्ने व्यक्तिले शव सुटकेसमा राखेर फाल्न लैजान महराको ई-रिक्सा ५ सयमा भाडामा लिएका थिए ।गगापिप्रा गाउँसम्म सुटकेस लैजान हत्याराले ई-रिक्सा भाडामा लिएको प्रहरीको भनाइ छ । मुडलवा गेटनजिक पुगेपछि ई-रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई-रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ ।

content ad p2

पक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन् । रुबीको हत्याराको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले बताए ।शनिबार राति रुबीलाई आफ्नो डेरामा बोलाएर हत्या गरेको प्रहरीको भनाइ छ । ‘हत्या गर्नेको लगभग पहिचान भइसकेको छ,’ एक प्रहरी अधिकृतले भने ।

शनिबार साँझ करिब ६ बजे आमा मिथिलादेवी साहलाई फोन गरेर केही सामान ल्याउनु छ भन्दै रुबी गौर बजार गएकी थिइन् । रुबी त्यसपछि बेपत्ता भइन् । त्यस राति उनी घर फर्किइनन् |

राति शंकास्पद अवस्थामा गौर नगरपालिका–९ मुडवलवा गेटस्थित सडकमा बेवारिसे सुटकेस फेला परेको थियो । स्थानीय प्रहरीलाई खबर गरेको थियो । राति शंकास्पद लागेपछि प्रहरीले सुटकेस खोलेन । आइतबार बिहान प्रहरी टोलीले खानतलासी गर्दा रुबीको शव फेला परेको थियो ।
Se

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर