Lucky-Khabar_

बाराकाे परवानीपुरमा सडक निर्माण विवाद: गाउँपालिकाले कानुनी प्रक्रिया अपनाउने

वीरगंज । बारा जिल्लाको परवानीपुर गाउँ पालिकाले वडा नं. ५, बहुअरीको गाउको मूखय सडक निर्माण कार्यमा अवरोध र भ्रामक सूचना फैलाउने विषयमा सार्वजनिक स्पष्टीकरण जारी गरेको छ ।

content ad p2

गाउँपालिकाका अनुसार, विगत केही दिनदेखि बहुअरीको मूल बाटो निर्माण कार्यमा अवरोध गर्ने प्रयास भइरहेको र विभिन्न संचार माध्यममा भ्रामक सूचना फैलाइएको प्रति कार्यालयको गम्भीर ध्यान गएको छ । यस सन्दर्भमा गाउँपालिकाले स्पष्ट पार्दै भन्यो कि विगत ३ वर्षदेखि योजना तथा बजेट विनियोजन भई सडक निर्माण कार्य अघि बढाइएको हो र केही व्यक्तिहरूले व्यक्तिगत वा राजनीतिक स्वार्थका लागि अवरोध गर्दै आएका छन्।

गाउँपालिकाका प्रवक्ता महमद नुरुल होदा अंसारीद्वारा जारि विज्ञप्ती अनुसार वडा नं. ५ का वडा अध्यक्ष रामेश्वर प्रसाद कलवारको अध्यक्षतामा बसेको बैठकमा सर्वसम्मतिमा २५ फिट चौडा सडक निर्माण गर्ने निर्णय भइसकेको थियो । सो निर्णयअनुसार पटक-पटक सार्वजनिक सूचना जारी गरी घर, टहरा, पर्खाल खाली गर्न भनिएको थियो । यसै क्रममा न्यायिक समितिले २३ फिट चौडाइ कायम गर्ने निर्णय गरेको र कार्यपालिका तथा गाउँसभाबाट पनि यसलाई अनुमोदन गरिएको छ।

हाल अन्तिम निर्णय अनुसार सडक न्यूनतम १९ फिटदेखि अधिकतम २१ फिट चौडाइमा निर्माण हुने योजना तय गरिएको छ। गाउँपालिकाले भन्छ कि केहि व्यक्तिहरूले राजनीतिक तथा व्यक्तिगत स्वार्थका कारण सडक निर्माण अवरुद्ध गरिरहेका छन् र यस विषयमा कानुनी प्रक्रिया अपनाई सार्वजनिक हितमा सडक निर्माण कार्यलाई निरन्तरता दिइनेछ।

गाउँपालिकाले सबैमा अपील गर्दै भन्यो कि गैर जिम्मेवार रूपमा भ्रम फैलाउने वा सडक निर्माण अवरोध गर्ने कार्य तुरुन्त रोकिने र सार्वजनिक कार्यलाई निरन्तरता दिन सबैले सहकार्य गर्नुपर्नेछ

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर