काठमाडौं| किर्तिपुर अस्पताल हेड युनिट डिपार्टमेन्टल अफ अर्थोपेडिक र महाराजगंज मेडिकल क्याम्पसको संयुक्त आयोजनामा “किर्तिपुर हैन्ड कौर्स 2025” किर्तिपुर हौस्पिटलमा दुई दिने कार्यक्रम सम्पन्न भएको छ|


उक्त कार्यक्रम भदौ ५र ६ गते (अगस्त 22र 23 ता.)मा किर्तिपुर हौस्पिटलमा भएको थियो |विगत तीन वर्षदेखि यो कार्यक्रम भइरहेको र मुख्य उद्देश्य देश र विदेशको विशिष्ट हातको सर्जनहरुलाई बोलाएर देश र बिदेशका सर्जनहरूलाई हातको समस्या उपचार र सल्यक्रिया को जानकारी सहित उपचारमा ट्रेनिङ गराउनु हो।
यो कार्यक्रमले नेपालमा हातको समस्या भएका बिरामीहरुलाई राम्रो उपचार गराउन सहयोग तथा दक्ष चिकीस्तक बन्न मद्दत गर्छ। यसपालि भारत,बङ्गलादेश, यु.एस.ए र यु.के.बाट विशिष्ट हेड सर्जनलाई बोलाई कक्षा र ट्रेनिङको व्यवस्था गरिएको थियो |
साथै यस ट्रेनिङमा सहभागी हुन नेपाल, बङ्गलादेश,युके र जर्मनीसमेतबाट पनि डाक्टरहरु आउनु भएको थियो। दुई दिने कार्यक्रममा ट्रेनिङ र फिजिकल गर्नलाई व्यवस्था गरिएको थियो। यस कार्यक्रमले नेपालमा Hand surjeryको quelity सुधार हुने र मद्दत पुग्नेछ भने किर्तिपुर अस्पताल हेड युनिट डिपार्टमेन्टल अफ अर्थोपेडिकका बरिष्ठ सर्जन डा.लोकराज चौरसियाले बताए ।


