Lucky-Khabar_

वीरगञ्जमा समाजवादी प्रेस संगठनको प्रभातफेरी कार्यक्रम सम्पन्न

बिरगंज|वीरगञ्जमा समाजवादी प्रेस संगठनको प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ |पर्सा समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा मंगलबार प्रभातफेरी सम्पन्न गरेको छ। संगठनको चौथो स्थापना दिवसको अवसरमा वीरगन्जको घण्टाघर चोकबाट शुरु भएको प्रभातफेरी माईस्थान, महावीरस्थान, आदर्शनगर घडिअर्वा हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघर चौकमा पुगी कोणसभामा परिणत भएको थियो।

संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले पार्टी पत्रकारहरुको साथमा रहेको बताए । आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षधर रहेको बताउँदै उनले मिडिया विरोधी विद्येयक र कानुन संशोधन गर्नुपर्नेमा जोड दिए।

content ad p2

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले पछिल्लो समय पत्रकारितामा असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । प्रेस अभिव्यक्ति स्वतन्त्रताको विरोधमा राज्यले चालेका कदमको निन्दा गर्दै उनले सरकारले ल्याउन लागेको प्रेसविरोधी विद्येयक स्वीकार्य नहुने बताए । प्रेसमाथि निरन्तर प्रहार भइरहेको बताउँदै उनले मिडियामैत्री राज्य निर्माणका लागि सबै पत्रकार एकबद्ध हुनुको विकल्प नरहेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा संयोजक केसी लामिछानेले प्रेस स्वतन्त्रताको बारेमा कुरा राख्दै पछिल्ला दिनमा पत्रकारहरुमाथि भएको घटनाको बारेमा चिन्ता व्यक्त गरे ।

त्यस्तै पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारले श्रमजिवि पत्रकारहरुको हकहितको लागी मधेश प्रदेश महासंघ सदेव लडिरहने बताउनु भयो । उहाँले श्रमजिवि पत्रकारको क्षम्ताअभिबृदीसंगै पछिलो समय पत्रकारिता क्षेत्रमा देखिएको बिकृती बिसंगती निर्मुल पार्दै अघि बढनु पर्ने आवश्यक रहेको बताउनु भयो । समाजवादी प्रेस संगठनको चौथो बर्षिक उत्सवको शुभकामना दिदैं देश र समाजको लागी सबै पत्रकारहरु एकजुट भएर कलम चलाउनु पर्ने धारणा राखेका थिए ।

उक्कात र्यक्रममा अवसरमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र, रेडियो वीरगन्ज, मधेश दृष्टि र टिभी वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुब साह, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, श्रमजिवी पत्रकार संघ पर्साका अध्यक्ष आरके पटेल लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर