Lucky-Khabar_

रौतहटमा रुबि साहको हत्या प्रकरणका आरोपित पासवानले आफूलाई आगो लगाए

रौतहट। रौतहटमा रुबि हत्या प्रकरणका आरोपित पासवानले आफूलाई आगो ल्गाए। रौतहटको गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबि साहको हत्या प्रकरणमा संलग्न भएको भनिएका लक्ष्मण पासवानले आज बिहान आफूलाई आगो लगाएका छन्।

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएका हुन्। गम्भीर घाइते भएका उनलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ।

content ad p2

गत शनिवार राति रुबि साहको शव सुटकेसभित्र फेला परेपछि यस प्रकरणमा लक्ष्मण पासवानमाथि मुख्य संलग्नताको आरोप लागेको थियो।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर