Lucky-Khabar_

प्रहरीकै बर्दीमा प्रहरी जवानले पावर हुनेका लागि मात्रै प्रहरीको जागिर हो भन्ने प्रश्न उठाएका छन् ।

काठमाडौं । प्रहरीकै बर्दीमा प्रहरी जवानले पावर हुनेका लागि मात्रै प्रहरीको जागिर हो भन्ने प्रश्न उठाएको छ। सामाजिक सबै सञ्जालमा नेपाल प्रहरीका एक जवानको भिडियो भाइरल बनेको छ ।

content ad p2

अधिकांशजसोले ती युवकको प्रशंसा गर्दै भिडियो सार्वजनिक गरिरहेका छन् । ‘बल्ल नेपाल प्रहरीमा एउटा जिउँदो बहादुर सिपाहीको जन्म भएछ । सलाम छ’ जस्ता प्रतिक्रिया उक्त भिडियोमा जनाइरहेका छन् ।

प्रहरीकै बर्दीमा बनाइएको ३७ सेकण्डको उक्त भिडियोमा ती प्रहरी जवानले पावर हुनेका लागि मात्रै प्रहरीको जागिर हो भन्ने पेचिलो प्रश्न उठाएका छन् ।

त्यस्तै भिडियोमा भनिएको छ, ‘जय नेपाल सत्य सुरक्षा सुरक्षणम् ! यो नेपाल प्रहरीको जागिर के हो ? यत्तिका सम्म दुख: गर्ने अनि पावर हुनेले फ्याट् फ्याट्ट बढुवा हुने, फ्याट् फ्याट्ट जहाँ भन्यो त्यही सरुवा हुने । पावर नहुनेको चाहिँ केही पनि नहुने ? पावर नहुनेको केही पनि छैन ?’

त्यसपछि ती जवानले भिडियोमै आफ्नो परिचय समेत दिँदै आफ्नो जागिर खाने भए खाउ समेत भनेका छन् ।

त्यसैगरी ‘म नेपाल प्रहरीको प्रहरी जवान माधवप्रसाद भुगाई । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत छु । मैले चुस्तामै भिडियो बनाएको छु । मेरो जागिर खाने भए खाउ । तर यदि पावर हुनेले जागिर खाने हो भने पावर हुनेलाई नै जागिर खुवाउ । हामीजस्तो गरिब दु: खीको जागिर हुन्न भने जागिर खानु छैन मलाई ।’

आफूलाई बाँकेमा कार्यरत रहेको बताउँदै भिडियो बनाएपछि अनलाइनखबरले यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा एसपी रामप्रसाद घर्तीमगरसँग सोधेको थियो।

एसपी घर्तीले पनि भिडियोमा भनिएजस्तै ती व्यक्ति प्रहरीको जवान नै रहेका बताए । अहिले उनी बाँकेमै कार्यरत रहेको एसपी घर्तीमगरले बताए ।

‘हामीले पनि सार्वजनिक भिडियो हेर्‍यौं । के कसो भएको हो आन्तरिक रुपमा बुझ्दैछौं,’ एसपी घर्तीमगरले अनलाइनखबरसँग भने ।

उनी बढुवामा समेत छुटेका व्यक्ति नरहेको एसपी घर्तीमगरको भनाइ छ । ‘भर्खरै जागिर खाएको भन्ने बुझियो, उसको बढुवाको समय नै आएको छैन’ उनले भने । सुरक्षा फाैजमा बर्दीमै खुलारूपमा बोल्न निकै चुनाैतीपूर्ण मानिन्छ । कारबाही हुने डरले उच्च पदस्थहरू समेत बोल्न हच्किन्छन् । तर, जवान माधवप्रसाद भुगाईले भने सार्वजनिकरूपमै असन्तुष्टि पोखेका छन् ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर