Lucky-Khabar_

बिरगंज जेसीज अध्यक्ष सरोज चौरसिया अन्तर्राष्ट्रिय स्तरका एसिया प्यासिफिक डेभलपमेन्ट काउन्सिलको डेभलपमेन्ट अफिसर पदमा नियुक्त

रस्म सुन्द्र आर्य
काठमाडौ ।बिरगंज जेसीजका अध्यक्ष जेसी सरोज चौरसिया*एक ऐतिहासिक उपलब्धिसहित अन्तर्राष्ट्रिय मंचमा उदाएका छन्। उनी एसिया प्यासिफिक डेभलपमेन्ट काउन्सिल (Asia Pacific Development Council) को डेभलपमेन्ट अफिसर पदमा नियुक्त भई परिषद्को बैठकमा सहभागी हुन ताइवान प्रस्थान गरेका छन्। यो नियुक्ति नेपाल जेसीजको सिफारिसमा वर्ष २०२५–२६ कालागि भएको हो।

एसिया प्यासिफिक डेभलपमेन्ट काउन्सिल,विश्वव्यापी संस्था जेसीआई वर्ल्ड अन्तर्गतएसिया प्यासिफिक क्षेत्रका मुलुकहरूबीच जेसीआई आन्दोलनको विस्तार, सशक्तिकरण र दीगो विकासमा कार्यरत छ। परिषदको नेतृत्व हाल मङ्गोलियाली अध्यक्ष द्वारा भइरहेको छ भने यसको सचिवालय जापानमा अवस्थित छ।

content ad p2

अध्यक्ष चौरसिया परिषदको म्यान्मार–श्रीलंका समूहबाट प्रतिनिधित्व गर्दै छन्। पहिलो चरणमा, उनलाई जेसीआईका सिद्धान्त, रणनीति, र कार्यक्रम सम्बन्धी विशेष अन्तर्राष्ट्रिय तालिम प्रदान गरिनेछ। तालिम पश्चात, उनी तोकिएका देशहरूमा गई स्थानीय शाखासँग सहकार्य गर्दै प्रशिक्षण, सशक्तिकरण, र नयाँ शाखा स्थापनाको कार्यमा नेतृत्व दिनेछन्।

सरोज चौरसिया बिरगंज जेसीजको ५२ वर्षे इतिहासमा अन्तर्राष्ट्रिय तहमा नियुक्त हुने पहिलो अध्यक्ष बनेका छन्। पूर्वमा यस्तो प्रतिनिधित्व प्रायः राष्ट्रिय पदाधिकारीहरूले मात्र गर्दै आएका थिए। शाखा अध्यक्षकै हैसियतमा यस्तो जिम्मेवारी प्राप्त गर्नु बिरगंज जेसीजको लागि गर्वको विषय बनेको छ।

बिरगंज जेसीजका संस्थापक पशुपति विक्रम शाह लगायत पूर्व अध्यक्षहरू डा. दिपक शाक्य, मोहन प्रधान, मधु राणा, निशान्त कुमार लामिछाने, सन्तोष खनाल, शेखर चौधरी, रञ्जन राउत, डा. अर्बिन्द श्रेष्ठ लगायतका पदाधिकारी तथा सदस्यहरूले चौरसियाको नियुक्तिमा हर्ष र गर्व व्यक्त गर्दै उनको कार्यकालमा पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएका छन्।

अध्यक्ष चौरसिया वर्ष २०२६ को अन्त्यसम्म ताइवान, ट्युनिसिया, मलेसिया, जापान, म्यान्मार, श्रीलंका लगायतका विभिन्न मुलुकहरूको भ्रमणमा रहनेछन्। उक्त भ्रमणले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली युवा नेतृत्वको क्षमता प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

चौरसियाले “यो नियुक्ति व्यक्तिगत रुपमा मात्र होइन, सम्पूर्ण बिरगंज जेसीजको सम्मान हो। मलाई प्राप्त जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय स्तरमा अझ उचो बनाउने प्रण लिएको छु।”भने बताए।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर