Lucky-Khabar_

पत्रकारहरू सामाजिक सञ्जाल खुलाउन माग गर्दै सडकमा

काठमाडौं ।पत्रकारहरूले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर र नेपाल प्रेस युनियन लगायतका पत्रकार संगठनहरूले संयुक्त रूपमा विरोध कार्यक्रम आयोजना गरेका हुन् । ‘सञ्जाल बन्द, आवाज बन्दु,’ अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’ र जनताको मुख थुन्न पाइँदैन’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्डसहित उनीहरूले प्रदर्शनमा उत्रिएका थिए ।

पत्रकारहरूले सरकारको यो कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचना पाउने अधिकारमाथि गम्भीर आघात पुगेको बताएका छन् । उनीहरूले तत्काल सामाजिक सञ्जालहरू खुला गर्न र यस विषयमा सरोकारवालासँग छलफल गरेर दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर