Lucky-Khabar_

‘जेनजी’का नाममा समाज भड्काउन खोजिएको प्रधानमन्त्रीको आरोप, भने- देशलाई हेपेको सहन सकिँदैन

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको ‘जेनजि आन्दोलन’लाई लिएर तीव्र प्रतिक्रिया जनाउँदै उक्त आन्दोलनको नाममा समाजलाई भड्काउने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले विदेशी प्रभावमा परेर देशलाई हेप्ने प्रवृत्ति देखिएको भन्दै यस्तो कदम सहन नसकिने चेतावनी दिएका छन् । प्रधानमन्त्रीले शान्ति, स्थिरता र विकासलाई अवरोध गर्ने गतिविधि रोक्न सबैलाई सचेत रहन पनि आग्रह गरेका छन् ।

‘राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन, हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौं। सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन, नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुनबमोजिम नबस्ने कुरा सह्य हुँदैन। अहिले केही मान्छेहरू विरोधमात्रै गर्ने पात्र पुतलीजस्ता भएका छन्,’ उनले भने।

content ad p2

कहलिएका बुद्धिजीवीहरूको चिन्तन नै स्वतन्त्र नभएको उनको भनाइ छ। ‘आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ। पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ,’ उनले भने।

एक वर्षअघिदेखि सामाजिक सञ्जाललाई दर्ता गर्न सरकारले भनेको स्मरण गर्दै उनले भने, ‘अहिले चार जना मानिसको रोजगारी खोसिएकोभन्दा देशको स्वाधीनता ठूलो हो। देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ? स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।

असमानता कम गर्दै विभेद्लाई अन्त्य गर्ने पार्टीको नीति रहेको उल्लेख गर्दै छलफलसहित प्राप्त नीतिलाई अङ्गीकार गर्दै ‘मिसन ८४’ को अभिभारा पूरा गर्ने गरी पार्टी अघि बढिरहेको उनले बताए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर